बेल्जियम युरोकप २०१६ को क्वार्टरफाइनलमा

१३ असार, काठमाडौं । युरोकप २०१६ को क्वार्टरफाइनलमा बेल्जियमले हंगेरीमाथि शानदार जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बेल्जियमले हंगेरीमाथि ४-० को फराकिलो जित हात पारेको हो ।

बेल्जियमका विंगर हजार्डले मध्यभागबाट पाएको पासमा हंगेरीका दुई खेलाडीलाई छक्याएर उत्कृष्ट गोल गरेका थिए ।

उसले खेलमा अग्रता भने १० औं मिनेटमा नै टोबी अल्डिवेरोल्डको गोलबाट लिएको थियो । बाँकी तीन गोल भने दोस्रो हाफको अन्ततिर भएको थियो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४-० को जित दिलाए ।

अब बेल्जियमले सेमिफाइनलमा पुग्न वेल्सको सामना गर्नेछ ।

तपाइको मत