४ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई संस्थाको सेयर नदिन अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव गरेका छन् । गत पुस दोस्रो साता अर्थमन्त्रीले संसदमा पेश गरेको बैंक वित्तीय संस्था सम्बन्धी (बाफिया)को संसोधन विधेयक ०७२ मा उक्त व्यवस्था हटाइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ मा कूल जारी पुँजीको ५ प्रतिशतसम्म कर्मचारीलाई संस्थाको सेयर दिनुपर्ने व्यवस्था थियो । तर, अहिलेको विधेयकमा कर्मचारीले सेयर पाउने प्रावधान हटाइएको छ ।