भरतपुर महानगरपालिका वडा नः १९ मा पुनः मतदान साउन २० गते हुने

१८ साउन ०७४, चितवन । झण्डै २ महिना लामो विवाद टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ ।

निर्वाचन आयोगको निर्णय सदर गर्दै सर्वोच्च अदालतले १९ नम्बर वडामा पुन: मतदान गर्ने निर्णय गरे लगत्तै निर्वाचनको प्रक्रिया अघि बढेको हो ।

चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै आज बिहान ७ बजेबाट सुरु भएको मौन अवधि निर्वाचन नसकिंदासम्म लागु हुनेछ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने कुनैपनि गतिविधि तथा प्रचार प्रसार गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले  शुक्रबार हुने निर्वाचनका लागि आवश्यक सामाग्री ढुवानीको काम भईरहेको जानकारी दिनुभयो । सो वडामा ३ हजार ७ सय ९७ जना मतदाता छन् ।

निर्वाचनका लागि ६ वटा मतदान केन्द्रको व्यवस्था गरी हरेक केन्द्रमा ६–६ जनाका दरले कर्मचारी खटाएको घिमिरेले जानकारी दिनुभयो ।

तपाइको मत