२१ साउन ०७४, भरतपुर । महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीले भन्दा ९९ मत बढी मत ल्याएर अग्रता लिएकी छन् ।
पछिल्लो मत परिणाम अनुसार दाहालको मत ४२ हजार ७४४ छ भने ज्ञवालीले ४२ हजार ६४५ मत पाएका छन् ।
वडा नम्बर २० को २ हजार मत गणना गर्दा एमाले उम्मेदवार ज्ञवालीलाई पछि पार्दै रेणु दाहाल ९९ मतले अगाडि छिन् । अब केही सय मत मात्र गणना गर्न बाँकी छ ।
कांग्रेस र माओवादी गठवन्धन कार्यकर्ता र शुभचिन्तकलाई एकठाँउमा ल्याउन सफल भएको देखिएको छ ।