भरतपुर १९ का मतदाता बिहान सातबजेदेखि छाता ओढेर मतदान गर्दै

२० साउन ०७४, भरतपुर । बिहानैदेखि पानी परेकाले भरतपुर १९ का मतदाता बिहान सातबजेदेखि छाता ओढेर मतदान गर्दै छन् ।

सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ का मतदान गर्ने फैसला गरेसँगै आज पुनः मतदान हुँदैछ ।

पानी परेकाले केही छाता ओडेर मतदानस्थलमा उभिएका छन् भने केही पानी रोकिएपछि मतदान गर्ने तयारी गरेका छन् । पहिलो चरण वैशाख ३१ गते चुनाव भएपनि मतपत्र च्यातिएपछि उत्पन्न विवाद सल्टाउँदै सर्वोच्च अदालतले दिएको आदेशअनुरूप पुनः मतदान भएको हो ।

नेकपा माओवादी केन्द्रबाट रेणु दाहाल र नेकपा एमालेका तर्फबाट देवी ज्ञवाली चुनावी मैदानमा छन् ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् । जीवनज्योति आधारभूत विद्यालय केन्द्रमा १३०६, शारदा माविमा १२२३ र किरण माविमा १२४८ मतदाताले मतदान गर्दैछन् ।

तपाइको मत