नेपाल र भारतवीचको सम्बन्ध ‘बडेभाइ र छोटेभाइ’ को नभई समान : भाकपा नेता जोगेन्द्र
२० फागुन, काठमाडौं ।
नेपाली कांग्रेसको महाधिवेशन उदघाटनस्थल एक प्रकारले नेपाल-भारत सम्बन्धको विवेचना गर्ने थलोजस्तै बन्यो । भारतबाट बीजेपी, कांग्रेसआइ, कम्युनिष्ट पार्टी र क्षेत्रीय पार्टीका नेताहरुसमेत खुल्लामञ्चमा थिए । यो मञ्चलाई प्रयोग गर्दै प्रचण्डले नाकाबन्दी किन गरेको भनेर भारतीय नेतालाई दह्रो प्रश्न तेस्र्याउँदा कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए ।
उता, भारतीय कम्युनिष्ट पार्टीका नेता जोगेन्द्र शर्माले खुलेर नाकाबन्दीको विरोध गरे, जसबाट उनले कांग्रेस कार्यकर्ताको समर्थन र ताली बटुले । उनले नेपाल र भारतवीचको सम्बन्ध ‘बडेभाइ र छोटेभाइ’ को नभई समान रहेको बताए ।
रोचक त के भयो भने भारतीय नेताहरुले नेपालमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा देख्दा आश्चर्य व्यक्त गरे । यसरी अचम्मित हुनेमा विहारका मुख्यमन्त्री नीतिश कुमार मात्रै थिएनन्, बीजेपी नेता भगतसिंह कोशियारीसमेत थिए ।
कांग्रेसको सभामा एमालेका अध्यक्ष ओली र एमाओवादीका अध्यक्ष प्रचण्डलाई देख्दा भारतीय नेताहरुलाई अचम्मै लागेछ । भारतमा विपक्षी नेताहरु एकअर्कामा हिलो छ्यापाछ्याप गरिरहेको देखेका भारतीय नेताहरु काठमाडौंमा नेपाली नेतावीच राजनीतिक मिलाप र सभ्यता देखेर छक्क परेका हुन् ।
बीजेपी नेता कोशियारीले नेपाल ज्ञानभूमि रहेको र यहाँबाट विचार र विज्ञानको विकास होस् भने । हुन पनि विपक्षी दलका नेतासँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने भारतीय नेताहरुले काठमाडौंबाट सिकेकै हुनुपर्छ । यो दृश्य हेर्दा भारतभन्दा राजनीतिक संस्कारमा नेपाल अगाडि रहेको भारतीय नेताहरुले अनुभूति गरेकै हुनुपर्छ । अनलाइनखबरमा ‘अनलाइनखबर टिप्पणी’ छ । Prachanda को Speech भिडियो हेर्न HEAD को youtube Link मा Click गर्नुहोस् ।