मंगलबारको छलफलपछि कांग्रेस लचिलो बुधबार सदन सुचारु हुने संकेत

१४ असार, काठमाडौं । मंगलबार दिनभर नयाँ वानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच भएको छलफलपछि कांग्रेस केही लचिलो भएकाले बुधबार सदन सुचारु हुने अपेक्षा गरिएको छ ।

भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनु पर्ने माग गर्दै सदन अवरुद्ध पारेको कांग्रेसले किस्ताबन्दीमा रकम दिने विषयमा सकारात्मक देखिए पनि मंगलबारको सहमति प्रयास लम्बिएपछि संसद बैठक सूचना टाँसेर भोलि बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

छलफलमा कांग्रेसले भूकम्प पीडितलाई पहिलो किस्ता डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिनु पर्ने अडान लिएको छ । दलहरुबीच भएको छलफलले अन्तिम रुप पाएमा ५० हजार लिइसकेका १ लाख ७६ हजार भूकम्प प्रभावितले थप १ लाख तत्काल पाउनेछन् ।

पहिलो किस्ता रकम नपाएकाले सुरुमा १ लाख ५० हजार पाउने छन् भने दोस्रो किस्ता ५० हजार बुझ्नेछन् ।

तपाइको मत