वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आगजनी

१२ फागुन, काठमाडौं । बिहीबार मधेसी मोर्चामा आवद्ध मधेसी दलका विद्यार्थी संगठनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमाआगजनी गरेका छन्।

बिहीबार मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा स्ववियु चुनावको निर्वाचन प्रकृया रोक्न माग गर्दै  दिउँसो आगजनी गरेका हुन्। आगजनीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सोफा, कुर्सी, टेबुल, सूचनापार्टी, ढोका र झ्यालहरु जलेर नष्ट भएका छन्।

विद्यार्थीहरुले क्याम्पसको शिक्षा संकायको भवनमा आगजनी गर्ने प्रयास गरेपनि तत्कालै प्रहरी पुगेका कारण त्यहा उनीहरुले आगो लगाउन पाएनन् ।

प्रहरीले तीन विद्यार्थी नेताहरुलाईआगजनीमा संलग्न रहेको आरोपमा संघीय विद्यार्थी फोरम नेपालका केन्द्रीय सदस्य निखिल वर्णवाल, समाजवादी विद्यार्थी संघका मधुसुदन चौरसीया र सदभावना विद्यार्थी मञ्चका कृष्ण दासलाई पक्राउ गरेको छ ।

तपाइको मत