४ माघ, काठमाडौं । प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले कानुनविपरीत सल्लाहकार तथा सहयोगी नराख्न आदेशको माग गर्दै अधिवक्ताद्वय कल्पित पराजुली र आनन्द कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय लगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारमा रहेका बेला कानुनविपरीत सल्लाहकार, सहयोगी राखेको भन्दै मन्त्रीका सल्लाहकार, सहयोगीको योग्यता, काम, कर्तव्य र अधिकार के हुने ? उनीहरुले के कस्तो तलब सुविधा पाउने ? पर्याप्त कानुनी व्यवस्था नभएकाले राज्यकोषको दुरुपयोग हुने मात्र नभई सरकारप्रतिको जनविश्वास पनि घट्दै गएको रिट निवेदनमा उल्लेख छ ।
मन्त्रीका सल्लाहकार, सहयोगीको योग्यता, काम, कर्तव्य र अधिकार के ? सर्वोच्चमा रिट दायर
तपाइको मत
तपाइको मत
You must be logged in to post a comment.