मलाई पैसा खायो भन्ने, कोही छ माइकालाल ? – खड्का

khum

३ चैत, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोस्रो भएका खुमबहादुर खड्काले बुधबार राति बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिदै धर्मनिरपेक्ष राष्ट्र नेपाललाई नयाँ संविधान संशोधन गरेर हिन्दू राष्ट्र बनाउने घोषणा गरे ।

नेताहरुले जनताको चाहना विपरीत नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर हिन्दूहरुको अपमान गरेको भन्दै खड्काले ८४ प्रतिशत हिन्दूहरु भएको देशमा धर्म निरपेक्षता लाद्नु हिन्दूहरुको अपमान भएकाले जनताले बदला लिएरै छाड्ने बताए ।

हिन्दूराष्ट्रमा फर्काउने एजेण्डालाई पार्टी केन्द्रीय समिति बैठकमा उठाउने र महासमितिबाट पास गराउने बताउँदै खड्काले संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नु पर्ने बताए ।

उनले आफू संघीयताको पक्षमा नरहेको बताउँदै पार्टीले स्वीकार गरेकाले बाध्य भएर चुप लागेको बताए । एक प्रसंगमा खड्काले आफू भ्रष्टाचारी नभएको तर सर्वाेच्च मान राख्न सजाय पुरा गरेको बताए । ‘सर्वोच्चको मान राख्न सजाय काटेको हुँ ।’ खड्काले भने– ‘मलाई कसैले भनोस् खुमबहादुरले मेरो पैसा खायो भनेर ! कोही छ माइकालाल ?’

तपाइको मत