१७ बैशाख ०७५, मोरङ । सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।
सोमबार बिहान झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९१६ नम्बरको माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।
दुर्घटना परेका ११ मध्ये केहीको अवस्था गम्भीर रहेकोले धरान, विराटनगर, इटहरी लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।