४ जेठ ०७४, तनहुँ । मुग्लिङ-अाँबुखैरेनी सडकखण्ड एक हप्तासम्म दैनिक ३ घण्टा अवरुद्ध हुने भएकाे छ ।
गतवर्ष दशैंकाे फुलपातीका दिन एेना पहरामा खसेको सुख्खा पहिराे हटाउन सुरू गरिएकाले साे सडकखण्ड अवरुद्ध हुने भएकाे हाे ।
सम्बन्धित निकायले अाज बिहीबारदेखि दिउँसाे तीन घण्टासम्म एेना पहराकाे पहिराे हटाउन थालेपछि सयौं यात्रु सडकमा अलपत्र परेका छन् ।
सुख्खा पहिराेलाई सम्बन्धित निकायले समयमा नै राम्ररी सफा नगर्दा यात्रुले सास्ती भाेग्नु परेकाे हाे ।
इलाका प्रहरी कार्यालय अाँबुखैरेनीले अघिल्लो वर्ष खसेको पहिराे सफा गर्न एक हप्ताका लागि गृह मन्त्रालयबाट स्वीकृति लिई अाजदेखि काम सुरु भएकाे बताएको छ ।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म जेठ ४ गतेदेखि जेठ १० गतेसम्म पहिराे सफा गर्न गृह मन्त्रालयबाट स्वीकृत लिइएकाे इलाका प्रहरी कार्यालय अाँबुखैरेनीले जनाएको छ ।
पहिराे स्थलमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय अाँबुखैरेनीका प्रहरी हवल्दार भरत बहादुर भट्टले पहिरो सफा गर्न लागिएको बारेमा राष्ट्रिय दैनिक पत्रिकामार्फत जेठ २ गते नै सूचित गरिएको बताए ।
प्रहरी हवल्दार भट्टले अाज बिहीबारदेखि एक हप्तासम्म दैनिक ३ घण्टा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म यातायात अवरूद्ध हुने जानकारी दिए ।