यतिको विमान अवतरणका क्रममा दुर्घटना

८ असोज, काठमाडौँ । यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ। विमानमा सबार सवै सकुशल रहेका छन्।

काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९ एन एआइडी नंं को विमान अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो।

पाङ्ग्रामा समस्या आएपछि विमान रन वे छोडेर घाँसे मैदानतिर मोडिएको थियो। विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । मानवीय क्षति नभए पनि विमान क्षतिग्रस्त भएको छ।

विमानमा २९ जना यात्रु थिए। पाँच यात्रु सामान्य घाइते रहेको विमानस्थलले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज अफ साइन्समा उपचार भइरहेको छ।

तपाइको मत