७ माघ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओली मोरङको रंगेलीमा आयोजना हुने कार्यक्रममा आउने खबर पाएपछि मधेसी मोर्चाले रंगेली केन्द्रीत आन्दोलन सुरु गरेपछि स्थानीय प्रशासनले बुधबार नै सर्वदलीय बैठक गरेर एमालेसम्वद्ध युवा संघलाई कार्यक्रम नगर्न आग्रह गरेको थियो । एमालेले कार्यक्रम रोक्न नमानेपछि मधेसी मोर्चालाई कार्यक्रममा अवरोध नगर्न आग्रह ग¥यो । तर, एमाले र मधेसी मोर्चाले आ–आफ्नो हठ छाडेनन । परिणाम बिहीबार हिंसात्मक झडप भयो र तीन जनाको ज्यान गयो ।
रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर रंगेली ४ की ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । यसैगरी डाइनियामा भएको झडपमा १८ वर्षीय चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि मृत्यु भएको छ ।
घटनापछि स्थानीय प्रशासनले रंगेलीमा कफ्र्यू आदेश जारी गरेको छ । रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटर सम्मको क्षेत्र साथै राजमार्ग क्षेत्रमा पनि कफ्र्यू लगाएको छ । रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् ।