राजपा नेपाल निर्वाचनमा नआए पनि असोज २ को चुनाव नसर्ने

२० साउन ०७४, जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपाल असोज २ गते हुने स्थानीय तहको २ नम्बर प्रदेशको चुनावमा सहभागी नभएपनि चुनाव नसर्ने बताएका छन् ।

जनकपुरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले असोज २ गते हुने स्थानीय तहको चुनाव नसर्ने बताएका हुन् । तर उनले राजपालाई चुनावमा ल्याउन सरकारले प्रयास गरिरहेको बताए ।

उनले राजपालाई सहमतिमा ल्याएर नै चुनाव गर्ने प्रयास हुने तर, नआएपछि असोज २ को चुनाव नरोकिने स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको तर संविधान संशोधनका गर्न दुई तिहाई नपुगेकाले अप्ठ्यारो भएको बताए ।

 

तपाइको मत