रिले अनसन सकिएपछि समीक्षा बैठकमा जुटे मधेसी गठवन्धन

२ साउन, काठमाडौं । खुलामञ्चमा जारी रिले अनसन सकिएपछि गठवन्धन समीक्षा बैठकमा जुटेको मधेसी मोर्चासहितको संघीय गठवन्धनले नयाँ सरकारलाई सशर्त समर्थन गर्ने बताएको छ ।

Morcha

आइतबारबाट सुरु भएको बैठकमा अधिकांश नेताले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्नु पर्ने तर, कांग्रेस-माओवादी गठवन्धनमा बन्ने नयाँ सरकारलाई भने सशर्त समर्थन गर्ने उनीहरुले बताएका छन् ।

सोमबारको बैठकमा संयोजक यादवसहित वरिष्ठ नेताहरुले बोलेपछि आगामी आन्दोलनका कार्यक्रमबारे छलफल हुने नेता केशव झाले जानकारी दिएका छन् ।

तपाइको मत