क्रिकेट खेलाडीलाई उपराष्ट्रपतिको साथ, नामिबियालाई हराउँदै नेपालले अंक तालिकामा खाता खोल्यो

४ वैशाख, काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबिया विरुद्धको पहिलो खेलमा घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ५ विकेटले जित हात पारेको छ । नामिबिया विरुद्धको जितले नेपालको विश्वकप छनोट खेल खेल्ने आशा जिवितै छ । कीर्तिपुर खेल मैदानमा जहाँ नेपाली खेलाडीलाई उपराष्ट्रपति नन्दबहादुर पुनको साथ रहेको थियो ।

pasang

दिपेश पुनको फेसबुकबाट ।

नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७. १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । यससँगै नेपालले वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपमा अंक तालिकामा खाता खोल्दै पाँच खेलबाट २ अंक बनाएको छ ।

कीर्तिपुर खेल मैदानमा नेपाली खेलाडी र दर्शकलार्इ हाैसाउन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुगेका थिए । उपराष्ट्रपति पुनले खेल अवधीभर नेपाली खेलाडीहरूलार्इ सामान्य दर्शक जस्तै हाैसिएर, अाफ्नाे अासनबाट जुरूक्क उठेर ताली बजाउदै खेलाडीहरूलार्इ हौसला दिने काम गरे । खेल हेर्न गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी भएका थिए ।

वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाले पाँच खेलबाट एक र युएइ ६ खेलबाट एक खेल जित हासिल गर्दै अंक तालिकामा क्रमश २/२ अंक जोडेको छ । नेदरल्याण्ड ६ खेलबाट ४ जितसहित १० अंकका साथ पहिलो स्थानमा रहेको छ । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेका ८ देशमध्ये शीर्ष ४ देशले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट चरणमा सहभागिता जनाउने छ ।

तपाइको मत