विभाजित ५ माओवादी किन पेरिसडाँडामा जुटे ?

८ बैशाख, काठमाडौं ।

फाइल तस्बिर

फाइल तस्बिर

एमाओवादी अध्यक्ष प्रचण्डको आह्वानमा बुधबार पेरिसडाँडामा सशस्त्र द्वन्द्वकालीन मुद्दालाई लिएर विभाजित ५ माओवादीको शीर्ष नेतृत्व छलफलमा जुटे । छलफलमा विप्वल माओवादीका नेता अनुपस्थित रहे पनि बाबुराम भट्टराईको नयाँ शक्तिका प्रतिनिधि सहभागिता रहेको थियो ।

स्रोत भन्छ,  ‘विप्लब माओवादीलाई छलफलमा सहभागी हुन अनुरोध गरिएको थियो । तर, विप्लबले छलफलमा किन सहभागिता जनाएनन् उनैले जानून् ।’

पाँच माओवादीका शीर्ष नेताहरुको बैठकले द्वन्द्वकालीन मुद्धा सत्य-निरुपण र वेपत्ता आयोगले मात्र हेर्नु पर्नेमा जोड दिएको छ । साथै, अहिले सत्य-निरुपण र वेपत्ता छानविन आयोगले उजुरी आहृवान गरेकाले कार्यकर्तालाई सहयोग गर्न कानुनी डेस्क नै बनाउने सहमति भएको छ र उजुरी दर्ताका लागि सामूहिक अभियान नै चलाउने भएका छन् ।

तपाइको मत