शासकीय स्वरुप संसोधन गर्न प्रमुख दलहरुसँग बाबुरामको आग्रह

२८ साउन, काठमाडौं । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले  शुक्रबार काठमाडौमा विभिन्न राजनीतिक पार्टीका नेता, बुद्धिजिवी, नागरिक समाजका अगुवा, व्यवसायी लगायतसँगको छलफलमा संघीयतामा प्रदेशको सीमांकनका लागि संविधान संशोधन गर्ने बेलामा शासकीय स्वरुप पनि संसोधन गर्न प्रमुख दलहरुसँग आग्रह गरेका छन् ।

 नेता भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सीमांकन सम्बन्धी विषय सम्बोधन गर्ने क्रममा शासकीय स्वरुपमा पनि सुधार गरिनु पर्ने भन्दै छिटो छिटो सरकार परिवर्तन गर्ने रोगबाट मुक्ति पाउन संविधान संशोधन गरेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरिनुपर्ने बताएका हुन् ।

भट्टराईले  कांग्रेस र माओवादी केन्द्रले सीमांकन हेरफेरबारे मधेसी मोर्चासँग गरेको सम्झौता अवसरबादी चरित्रको भएको भन्दै प्रदेशको सीमांकनको विषयमा विवाद रहेको अवस्थामा स्थानीय तहको पुनर्संरचनाको काम अगाडि बढाउनुको औचित्य नरहेको बताए ।

तपाइको मत