१० माघ, काठमाडौं ।
मधेश आन्दोलनका एक घटक दल संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सीमा नाका धर्ना कायमै राख्ने बताएको छ ।
उपेन्द्रको फोरम केन्द्रीय कार्य समितिको बैठकले नयाँ संविधान जस्तै सरकारले संविधान संशोधन गरे पनि एकलौटी, जबरजस्ती र मनपरी ढंगले गरेको निष्कर्ष निकालेको छ । उसले सीमा क्षेत्रका नाकामा धर्ना जारी राख्ने समेत बताएको छ ।
संविधान संशोधनलाई इण्डियाले भन्यो ‘सकारात्मक’
मधेस आन्दोलनको माग बमोजिम नेपालको ब्यवस्थापिका संसदले संविधानमा शनिबार गरेको संशोधनलाई भारतले सकारात्मक भनेको छ ।
भारतीय बिदेश मन्त्रालयले आइतबार बिज्ञप्ति जारी गर्दै संविधान संशोधनप्रति सकरात्मक टिप्पणी गरेको हो ।
नयाँ संविधान जारी भएको १२६ दिनमै संशोधन
नयाँ संविधान २०७२ जारी भएको १२६ दिनमा संशोधन भएको छ । संविधान जारी गर्दै गर्दा तराईमा असन्तुष्टि देखा परेपछि सरकारले संविधान जारी भएको १३ औं दिनमा नै संशोधन गर्ने निर्णय गरेको थियो । संविधान संशोधन भए पनि मधेसी मोर्चाले स्वीकार गरेको छैन ।