बाघकाे गर्जन सुनेर स्यालहरू तर्सिए, चाैतारीकाे डिलमा बसी स्याल “हुँइया” गर्दैछ, तीजको रहर अायाे, बरिलै… !
एस.बी.थापा मगर
काठमाडौं । यही भदाै ४ र ५ गते नेपाल पत्रकार महासंघकाे २५अाैं महाधिवेशन थियाे । याे महाधिवेशन निर्वाचनमार्फत् भदाै ६ गते विधिसम्मत नयाँ कार्यसमितिको गठन गरी सम्पन्न भएकाे छ ।
मत परिणामअनुसार अध्यक्ष पदमा गाेविन्द अाचार्य निर्वाचित भएका छन् ।
अाचार्य अध्यक्ष पदमा निर्वाचित भएसँगै मेराे घर नजिकैकाे चाैतारीकाे छहारीमा बस्ने एउटा स्याल (फ्याउराे) कराउन थाल्याे ।
त्याे स्याल (फ्याउराे) कराएपछि चारैतिर रहेका स्यालहरू एउटै अावाजमा कराउन सुरू गरे । “माअाेवादी केन्द्र”काे पाेलिटव्युराे सदस्य पत्रकार महासंघको अध्यक्ष भयाे । स्वतन्त्र र व्यवसायिक पत्रकार भएन् ।” भन्दै, ती फ्याउराहरू अझैसम्म कराउँदै छन् ।
हुनत, एक हुल स्याल केही वर्ष अघि पनि मेरै घर नजिकैकाे त्यही चाैतारीकाे छहारी र बुट्यान वरिपरि बसेकाे थाहा थियाे । तर, त्यतिबेला एमालेबाट संविधान सभाका सभासद तथा व्यवस्थापिका संसदमा सांसद भइसकेकी नेतृ सर्वाेच्च अदालतमा हामी सबैकाे ‘सपना’ न्यायाधीश नियुक्ति हुँदा ती स्यालहरूले कानुन व्यवसायी, अधिवक्ता भन्दै चिच्याइरहेका थिए ।
जुन चिच्याहटकाे कुनै अर्थ र मूल्य नै थिएन् । किनभने, सपना याेग्य, सक्षम र क्षमतावान पनि थिइन् र सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्त भइन् ।
अहिले, मैले देखेकाे नेपाल पत्रकार महासंघका वर्तमान अध्यक्ष गाेविन्द अाचार्य विगत २० वर्ष अघिदेखि निरन्तर पत्रकारिता क्षेत्रमा नै छन् । उनी अामसञ्चारमा जाेतिएका एक श्रमजीवी पत्रकार नै हुन् ।
तर, यतिबेला स्यालहरूले ‘संगीत’ एकातिर, ‘भजन’ अर्काेतिर न सुर, न तालमा गाउँदा टिठ लागेर अायाे बरिलै, तीजकाे रहर अायाे बरिलै… ।
– श्रमजीवी, कलमजीवी पत्रकारविराेधी कार्य भए, अाचार्यजी गए, बरिलै … ।
– सबैखाले शाेषणविरूद्ध श्रमजीवी पत्रकारले निर्भिक भई लेख्नु पर्छ, बाेल्नु पर्छ, जुट्नु पर्छ, बरिलै … ।
विभेदले डाडो काटे पत्रकार महासंघमा फेरि पनि भाेटेताल्चा ठाेक्छाैं, बरिलै… ।
– यतिबेला बाघकाे गर्जन सुनेर स्यालहरू तर्सिए, चाैतारीकाे डिलमा बसी स्याल “हुँइया, हुँइया” गर्दैछ, तीजकाे रहर अायाे, बरिलै… ।
लेखक, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव हुन् ।