१५ पुस, चितवन ।
राजनीतिक स्थिरता अहिलेको प्रमुख विषय रहेको भन्दै कांग्रेस नेता डा. शशाङ्क कोइरालाले सरकारको आलोचना गर्न नहुने बताएका छन् । उनले सरकारको विकल्प खोज्ने बेला नभएको पनि बताए ।
बुधबार चितवन पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले अस्थिरताका कारण मुलुक पछाडि परेको भन्दै समय नै नदिई सरकारको आलोचना गर्न नहुने बताएका हुन् । उनले अहिलेको समस्या समाधान गर्न सबैलाई मिलाएर लैजान प्रधानमन्त्री केपी ओलीलाई सुझाव पनि दिए ।