सरकारलाई सहयोग गर्न श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन

Maoist centre

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई सहयोग गर्न नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहयोग समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवास लाजिम्पाटमा शनिबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले श्रेष्ठको संयोजकत्वमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, पम्फा भुषाल, देव गुरुङ, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, मातृका यादव, तिलक परियार साथै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई समितिको सदस्यमा राखिएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालकाअनुसार केन्द्रीय कार्यालयको  बैठकले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

माओवादी केन्द्रले रामबहादुर थापाको नेतृत्वमा १३ सदस्यीय संगठन विभाग गठन गरेको छ भने विभागमा ७ वटा प्रदेशका इन्चार्ज, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, जयपुरी घर्ती र मणी थापा सदस्य छन् ।

बैठकले नयाँ सरकारको सञ्चार मन्त्री बनेका १ नम्बर प्रदेशका इन्चार्ज राम कार्कीको स्थानमा गोपाल किराँती र ६ नम्बर प्रदेशका इन्चार्ज उर्जा मन्त्री जनार्दन शर्माको स्थानमा शक्ति बस्नेतलाई इन्चार्ज तोकिदिएको छ ।

तपाइको मत