सरकारवादी पार्टी मिलेर नआउने हो भने उनीहरुको सर्वनाश हुन्छ – एमाले अध्यक्ष ओली

१३ जेठ ०७४, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको चुनावझैं दोस्रो चरणको चुनावका साथै प्रदेश र केन्द्रको चुनावमा बहुमत ल्याएर एमालेले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

KP Oli

पोखरा लेखनाथ महानगरपालिकामा जित हासिल गरेपछि आयोजित विजयोत्सव सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले तराईमा छैन भन्नेहरुले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउने बताउँदै प्रदेश र केन्द्रको चुनावमा समेत बहुमत ल्याएर एमालेले सरकारको नेतृत्व गर्ने बताएका हुन् ।

‘बलिया पार्टी, सरकारवादी पार्टी मिलेर आउँदा पनि एमालेलाई हराउन सकेनन् र सक्दैनन्’ ओलीले भने, ‘यदि मिलेर नआउने हो भने उनीहरुको सर्वनाश हुन्छ । तीन तासेले तास फिटे झैं कुरा फिटेर जनता भ्रमित पार्ने प्रयास नगरे हुन्छ ।’

राष्ट्रिय जनता पार्टीलाई अघि सारेर दोस्रो चरणको निर्वाचन पर सार्ने प्रयास भइरहेको बताउँदै ओलीले चुनाव सार्ने प्रयास चुनावै नगर्ने षडयन्त्र भएको बताए ।

एक अर्को प्रसङ्गमा ओलीले आफूले नेपालमा रेल गुडाउँछु भन्दा हाँसेर उडाएको भन्दै ‘रेल गुडाउँछौं भन्दा हाँस्नेहरुलाई हामी भन्न चाहन्छौं, अबको केही वर्षभित्रै छुकछुक हैन सुलुलु जाने रेल चल्छ, उहिलेका रेल छुकछुक गर्थे तर, अहिलेका रेल सुलुलु चल्छ ।’

तपाइको मत