सरकारविरुद्ध वाम गठबन्धनका युवा र विद्यार्थीको प्रदर्शन

१९ पुस ०७४, काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दवाव दिन वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले  प्रदर्शन गरेको छ ।

बुधबार  सरकारबिरुद्धको नारावाजीसहित बिद्यार्थी र युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणशभामा परिणत भएको थियो ।

एमाले सम्बद्ध युवा संघ र अनेरास्ववियु तथा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी र वाईसीएलका नेता कार्यकर्ता प्रदर्शनमा सहभागी थिए । कोणसभालाई चारै संगठनका केन्द्रीय नेताले सम्बोधन गरिरहेका छन् ।

मंगलबार इन्धनमा गरिएको मूल्यबृद्धि लगायत सरकारबिरोधी प्रदर्शनका क्रममा झडपमा परी अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तोलासहित दर्जनबढी नेता कार्यकर्ता घाइते भएको  बिरोधमा आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुसार सबैतिर बिरोध प्रदर्शन भइरहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

तपाइको मत