सरकारी, गैरसरकारी संघ-संस्थाको श्रेणी वर्गीकरण गर्ने तयारी

१ असार, काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी, गैरसरकारी संघ-संस्थाको श्रेणी वर्गीकरणको तयारी भइरहेको बताएका छन् ।

बुधबार  स्व.लक्ष्मी श्रेष्ठको पाँचौँ स्मृति दिवसका अवसरमा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री  मैनालीले सामाजिक सेवा भावले खोलिएका ४५ हजार भन्दा बढी सङ्घ-संस्थाले उद्देश्य अनुसार काम नगरेकाले वर्गीकरणको तयारी भइरहेको बताएका हुन् ।

काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सङ्घ-सङस्था खोली राम्रो काम गरिरहेकालाई हतोत्साहित गर्ने परम्परालाई निरुत्साहित गर्नु पर्ने बताए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले सामाजिक काम गर्ने उद्देश्यले स्थापित सङघ-संस्थाले आफ्नो काम गर्ने हो भने विकासले गति लिने बताए ।

उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले कार्यक्रममा प्रतिष्ठानको आजीवन र साधारण सदस्यता लिनेहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

तपाइको मत