सहकारी सञ्चालकहरु स्वार्थ अनुसार काम नभएपछि आन्दोलनमा – सहकारी मन्त्री

२२ जेठ, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी सञ्चालकहरु आफ्नो स्वार्थ अनुसार काम गर्न नसकेपछि आत्तिएर आन्दोलनमा उत्रिएको बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री केसीले अहिलेका सहकारी सस्थाहरु नामका मात्रै सहकारी रहेको भन्दै यिनीहरुले चर्को ब्याज खाने सुदखोरको काम गरिरहेको  दाबी गरे ।

सहकारी बोर्ड, विज्ञ र कर्मचारीहरुको छलफलको आधारमा ऐन बनाएर अघि बढाइएको भन्दै मन्त्री केसीले सहकारी सञ्चालकहरुको विरोधको भरमा प्रक्रिया नरोकिने स्पष्ट पारे ।

मन्त्री केसीले सहकारीबाट नेपाली जनताका १३ अर्ब रुपैयाँ ठगी भएपनि एक सयदेखि १५० रुपैयाँसम्म मात्रै जरिवाना हुने गरेकोले नयाँ ऐनमा कारवाही प्रक्रियालाई कडा पारिएको बताए ।

तपाइको मत