सहिदको सम्मान गर्ने हो भने मन्त्रीको सुविधा खोसेर सहिद परिवारलाई दिनुपर्छ – गायक बद्री पंंगेनी

१६ माघ, काठमाडौं ।

lakhan-thapa-magar

सहिद व्यक्तिगत स्वार्थ विना काम गर्ने साथै देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति मानिन्छन् ।

नेपालका शहीदहरू

नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो शहीद मानिन्छ। पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा बिसं १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो। वि.स. २००७ देखि २०६२-०६३ सम्मका नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हेर्दा हाम्रा थुप्रै ज्ञातअज्ञात शहीदहरूले सहादत प्राप्त गरे। १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा एउटा बकाइनोको रुखमा शहीद शुक्रराज शास्त्रीलाई झुण्ड्याएर मारिएको थियो, शहीदको रूपमा शहीद धर्मभक्त माथेमाको हत्या गरियो, त्यस्तै १९९७ साल माघ १४ गते शहीद दशरथ चन्दलाई काठमाडौंको शोभाभगवतीमा नर शमशेर राणाले गोली हानी हत्या गरे,१९९७ साल माघ १४ गतेकै राति १० बजे शोभाभगवतीमै लगेर नर शमशेर राणाले शहीद गंगालाल श्रेष्ठलाई एउटा खम्बामा बाधेर निर्मम तरिकाले गोली हानी हत्या गरेका थिए।

जिउँदा शहीदहरू

नेपालमा केही राजनैतिक परिवर्तनमा लागेर घाइते तथा पीडित भएका व्यक्तिहरूलाई जिउँदा शहीद भनेर घोषणा गरिने प्रचलन रहेको छ। नेपालमा सबभन्दा पहिला नेपाल प्रजापरिषद नामक राजनीतिक पार्टी खोली प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने महान् देशभक्त र उच्च राजनीतिक चिन्तक टङ्कप्रसाद आचार्यलाई भने ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावासको सजाय दिएको हुनाले उनलाई नेपालको इतिहासमा जिउँदो शहीदको रूपमा लिइन्छ। मुकेश कायस्थ, विष्णुलाल महर्जन ऐतिहासिक जनआन्दोलन-२का जिउँदा शहीदहरू हुन (विकिपीडियाबाट) ।

आज माघ १६ गते शनिबार देश र जनताको मुक्तिका लागि जीवन वलिदान गर्ने महान् सहिदहरुको सम्झनामा सहिद दिवस मनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले बिहान लैनचौरस्थित सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरी सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरे ।
उक्त कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीका साथै नेपाल प्रहरी, ट्राफिक प्रहरी, राजनीतिक दलका नेता र सर्वसाधारणले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिदको सम्मान गर्ने हो भने मन्त्रीको सुविधा खोसेर सहिद परिवारलाई दिनुपर्छ – गायक बद्री पंंगेनी

सहदि स्तम्भमा फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर !

राजनीतिक दलका धेरै नेताका हातमा फूलको गुच्छा छ, उनीहरु फूल हातमा लिएर श्रद्धाञ्जलीका लागि लाइनमा छन् । त्यही लाइनमा उभिएका थिए, गायक बद्री पंंगेनी ।

केही समय लाइन बसेपछि पनि फूल चढाउने पालो आउला जस्तो नलागेपछि गायक बद्री पंगेनी श्रद्धाञ्जली नदिई निस्किए । पंगेनी सहिदको वास्तविक सम्झना र सम्मानले भरिएर हिँडेका रहेछन् । पंगेनीले लाइनको भिडबाट निस्किएपछि भावुक लयमा गुन गुनाउन थालेछन्–
“लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर !

लगिप¥यौँ जनताको पीरमर्का, दुःख–व्यथा सुन्न हुजुर !”

सहिद दिवस अर्थात् १६ माघका दिन राजनीतिक दलका नेताहरुले सहिदका सालिकमा माल्यार्पण गरेको देखेर सहिदप्रति श्रद्धाभाव व्यक्त गर्ने गायक बद्री पंगेनीले नेताहरूको कर्मकाण्डीय शैलीले सहिदको सपना साकार नहुने बताएका छन् । गायक पंगेनीका अनुसार दलका नेताहरूले साँच्चै सहिदको सम्मान गर्ने हो भने मन्त्रीको सुविधा खोसेर सहिद परिवारलाई दिनुपर्छ ।

तपाइको मत