सामसुङले ल्यायो शक्तिशाली ब्याट्रीसहित ग्यालेक्सी ए – ९

 चीनमा भएको एक कार्यक्रमका बीच दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्ना ए सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी ए – ९ सार्वजनिक गरेको छ ।

 ग्यालेक्सी ए – ९ को फिचर्स

Samsung-A9

सामसुङको ग्यालेक्सी ए नाइनमा ६ इन्चको स्क्रिन रहेको छ जसमा १०८० पिक्सेल रिजोलुसन भएको एमोलेड प्यानल लगाइएको छ । यो स्मार्टफोनमा ६४ बिट को अक्टाकोर स्नापड्रागन प्रोसेसर र ३ गिगाबाइटको र्याम अनि ३२ गिगाबाइटको इन्टर्नल मेमोरी रहेको छ ।

यो स्मार्टफोनको मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ भने सेल्फी क्यामरा ८ मेगापिक्सेलको छ । ४ हजार मिलिएम्पिएर आवर क्षमताको शक्तिशाली ब्याट्री यसको प्रमुख विशेषता मध्येको एक हो । स्मार्टफोनको होम बटनमा फिंगरप्रिन्ट सेन्सर छ । यो स्मार्टफोन एन्ड्रोइड ५.१.१ ललिपप अपरेटिंग सिस्टममा चल्दछ । यो फोनको अर्को आकर्षक फिचर भनेको यसमा लगाइएको ०.३ इन्च मोटो आल्मुनियम फ्रेम हो ।

तपाइको मत