२९ असार ०७५, चौतारा । सिन्धुपाल्चोकको सल्लेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बिहीबार साँझ पाँचपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप दुर्घटना भएको थियो ।
दुर्घटना परेका तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।
घाइतेहरुलाई काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको लागि पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।