१५ असार ०७५, सोलुखुम्बुको तिङलामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
नेचा सल्यानबाट पत्ताले हाटबजारतर्फ आउँदै गरेको को १ ज १८६० नम्बरको बोलेरो जीप बिहान साँढे सातबजेतिर तिङलाको महादेवभीरबाट ५ सय मिटर तल खस्दा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जीपमा सवार जिप चालक २१ वर्षीय कुशाङ तामाङ, ओखलढुंगा माम्खाका वर्ष ४२ का गाडी धनी श्यामकुमार राइ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, खोटाङ खाल्टेका २४ वर्षीया कोपिला बस्नेत कार्की, नेचासल्यान–२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बास्तोला, २५ वर्षीया सुशीला खड्का र आठ वर्षीया सुस्मा खड्का भएको जिल्ला प्रहरी कार्यालय सल्लेरीका प्रहरी निरीक्षक प्रवीण अधिकारीले बताए ।
प्रहरीले आठ वर्षीय सुस्मालाई उपचारका लागि फाप्लु अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको बताए । जिपमा सवार सबैको मृत्यु भएकोले जिप पल्टिनुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक निरीक्षकले बताए ।