स्ववियुले त्रिवि शिक्षण अस्पतालमा सम्पूर्ण क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने

२६ साउन ०७४, काठमाडौं । स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययन संस्थान -(आईओएम) अन्तर्गतका सम्पूर्ण क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै विगत १८ आमरण अनसनमा रहेका डा. गोविन्द केसीको मागप्रति एक्यवद्धता जनाउँदै स्ववियुले क्लिनिकल पोष्टिङ्गका कार्यक्रम बन्द गर्ने घोषणा गरेको हो ।

बिहीबार स्ववियुका अध्यक्ष डा. मिलन गैरेले  हस्ताक्षरसहितको प्रेस विज्ञप्ती जारी गरी डा. केसीको मागप्रति सरकारले सुनुवाई नगरेकोमा खेद प्रकट गरेका छन् ।

गैरेले डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदै गएको जिकिर गर्दै उनको जीवन रक्षाको लागि पहल गर्न समेत सबैसमक्ष अनुरोध गरेका छन् ।

यसैबीच, आइओएमका आवासीय चिकित्सक लगायतका सम्पूर्ण विद्यार्थीहरुले नेपाल चिकित्सक संघका कार्यालयमा सर्वपक्षीय भेलाको आयोजना गरेका छन् । भेलामा चिकित्सक संघलाई कसको कित्तामा उभिन भनेर नैतिक प्रश्न गर्ने विद्यार्थीहरुले जनाएका छन् ।

तपाइको मत