२९ गते नेविसंघको निवार्चन हुने

वेव तस्विर

वेव तस्विर

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को एघारौं महाधिवेशन प्रतिनिधि विवाद हल भएसँगै विहीबारदेखि बन्दसत्र सुरु हुने भएको छ ।

११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन ।

नेविसंघ प्रवक्ता यूपी छानेका भनाई अनुसार प्रतिनिधि विवाद मिलिसकेकाले नेतृत्व चयन प्रक्रिया बिहीबारदेखि सुरु भएको छ । बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, शुक्रबार मनोनयन दर्ता गर्ने र शनिबार नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने कार्यतालिका निर्देशक समितिले बनाएको छ ।

तपाइको मत