३१ जेठ ०७५, काठमाडौं । वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत रामप्रसाद ढुंगानालाई ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ढुंगानालाई ५० हजार घुससहित वैदेशिक रोजगार विभागको मिटिङ हलबाट रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले म्यानपावरको विज्ञापन छपाइमा मापदण्ड पूरा नगरी सेवाग्राहीसँग पैसा लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।













