
२४ भदौ ०८१, काठमाडौं । अशोकराज सिग्देल नेपाली सेनाको ४५औं प्रधानसेनापति बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई आज एक कार्यक्रमका बीच प्रधानसेनापतिको दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देलले नेपाली सेनाको सवोच्च पद सम्हाल्ने अवसर पाएका हुन् ।
यही १२ भदौ गते राष्ट्रपति पौडेलले सिग्देललाई आज भदौ २४ गतेदेखि लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेका थिए ।













