उत्कृष्ट करदातालाई राजस्व विभागद्वारा सम्मान

१ मंसिर ०८१, काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा करदातालाई सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच विभागले उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।