गलैँचा–गार्मेन्ट शाखाको अध्यक्ष चुनिए बिचारी खड्का

२८ साउन ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश, मजदुर महाशाखा अन्तर्गत गलैचा–गार्मेन्ट शाखाको दोस्रो भेला सम्पन्न भएको छ ।

सोमबार पेरिसडाँडा, काठमाडौंमा पार्टीका उपत्यका विशेष प्रदेश अध्यक्ष जगत बहादुर सिम्खडाको प्रमुख आतिथ्य साथै सहसचिव एसबी थापामगरको विशेष आतिथ्यमा सम्पन्न भेलाले महाशाखा कमिटीका सदस्य बिचारी खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

अध्यक्ष खड्का नेतृत्वको नयाँ कार्यसमिति उपाध्यक्षमा रणेन्द्र सापकोटा, गोमा तामाङ, गणेश लामा रहेका छन भने सचिव रामपुकार यादव, कोषाध्यक्ष श्रीकुमार ठाडामगर चुनिएका छन् ।

उक्त भेलाबाट सदस्यहरु भिमबहादुर थिङ, भक्तबहादुर मोक्तान, शुकराम पहरी, मदन मगर, धुर्व राय यादव चयन भएका छन् ।