जल तथा मौसम विज्ञान विभागका महानिर्देशकमा जोशी

९ कार्तिक ०८१, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिएका छन् ।

अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।

जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।