९ माघ ०८१, काठमाडौं । आफ्ना मागहरु सरकारले सुनुवाई नगरेको भन्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
सडकबाट आफूहरुले उठाएको दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै अभियानले बुधबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
मन्त्रिपरिषद् गठन र राजनीतिक नियुक्ति असमावेशी भएको, जातीय भेदभाव तथा छुवाछूत निर्मूल गर्न नीति, कार्यक्रम र बजेट समेत नभएको भन्दै अभियानले प्रदर्शनमा ‘दलितलाई खै’ भन्ने प्रश्न लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।













