२६ भदौ ०८१, विराटनगर । नेकपा एमालेका सांसद तिलचन पाठकले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनसनलाई नौटंकीको संज्ञा दिँदै त्यसले प्रदेश समृद्ध नहुने बताएका छन् ।
बुधबार कोशी प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाठकले संसदीय मूल्य मान्यता विपरीत अनशन बस्नु नौटंकी भएको बताएका हुन् ।
‘मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्न अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैन’, उनले भने, ‘हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ, नेकपा एमाले तयार छ ।’
कांग्रेसको प्रदेश सांसद तथा पूर्वमुख्यमन्त्री केदार कार्की मंगलरबारदेखि १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारलगायत माग लिएर आमरण अनशनमा बसेका छन् ।













