बागमती प्रदेशका संस्कृति मन्त्रीको क्वाटरमा आगलागी

९ भदौ ०८१, मकवानपुर । हेटौंडा उपमहानगरपालिका–९ लामसुरेस्थित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरमा आगलागी भएको छ ।

मकवानपुर प्रहरीकाअनुसार बागमती प्रदेशका संस्कृति मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई आगलागी भएको हो ।

प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको बताए ।

उनले आगलागीबाट इन्भर्टर ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट– गलैचा १ थान, जिप्सन १०/५ को क्षति भएको पनि बताए ।