१२ कार्तिक ०८१, जनकपुरधाम । प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित चेकजाँचको क्रममा बाबा आयल सेन्टर नजिकबाट २२१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई पक्राउ गरेको हो ।
ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले पक्राउ परेका चालक प्रकाश लुङ्गवामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।













