राप्रपाका अध्यक्ष लिङ्देन लगायत नेताहरू कर्णाली यात्रामा

६ कार्तिक ०८१, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायत केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका छन् ।

राप्रपाका नेताहरु कर्णालीका जनता कुरा सुन्न र आफ्ना कुरा भन्न भन्दै कर्णाली यात्रामा निस्किएका हुन् ।

यात्रामा राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार पुगेका छन् ।

सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने राप्रपा केन्द्रीय सदस्य रविकिरण हमालले जानकारी दिए ।

उनीहरु बुधबार पश्चिम सुर्खेतको बाबियाचौर, बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालीकोट सदरमुकाम मान्म, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम हुने बताइएको छ ।