२ असोज ०८१, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई व्यङ्ग्य गर्दै उसको विकल्प र सुशासन स्पष्ट भएको बताएका छन् ।
सहकारी प्रकरणमा सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् पोखरेलले कम्पनीमा पैसा कहाँबाट आउँछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नरहेको रविको भनाईप्रति व्यङ्ग्य गरेका हुन् ।
‘विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिइओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’
गोर्खा मिडिया नेटवर्क प्रालिमा आफू प्रबन्ध निर्देशक हुँदा रकम कसरी आएको भन्नेबारे लामिछानेले जानकारी नभएको बताउँदै आएका छन् ।













