२४ भदौ ०८१, काठमाडौं । त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइनसको एसएचए १२१ विमान त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण भएको छ ।
उक्त विमानको प्राविधिक समस्या तत्कालै पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।













