सरकार तलमाथि भए माओवादीकै नेतृत्वमा सरकार बन्ने प्रचण्डको भनाई

२ मंसिर ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अहिलेको सरकार तलमाथि भएमा माओवादीकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा प्रचण्डले माओवादी प्रमुख विपक्षी दल रहेकाले वर्तमान सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने बताएका हुन् ।

‘हाम्रो पार्टी प्रमुख विपक्षी दल, गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन,’

यस्तै माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरु फेरि एकतावद्ध हुने भन्दै उनले कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको बताए ।