
१० कार्तिक ०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा गरेको छ ।
सभामा माओवादी केन्द्रका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन् ।
खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकारले जे रबैया अपनाएको छ, त्यसमा हाम्रो आपत्ति छ ।
वर्तमान सरकार सुशासनविरुद्ध र भ्रष्टाचारी बचाउन बनेको आशंका रहेको भन्दै उनले बाढी तथा पहिरो पीडितहरुको उद्दार तथा राहतमा पनि सरकार चुकेको प्रचण्डले बताए ।
सरकारलाई अब जे गरेपनि हुन्छ भन्ने नठान्न चेतावनी दिँदै भने, ‘भुटानी शरणार्थी, बाँसबारी जग्गा, बालमन्दिर लगायत प्रकरण कहाँ पुग्यो ? जे गरेपनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने लागेको होला । संसदको रोष्ट्रममा भद्र तरिकाले मागिन्छ जवाफ ।’
निहुँ खोजे विशेष अधिवेशन माग गर्ने भन्दै उनले चेतावनीको भाषामा थपे, ‘धेरै अभद्र भयो सडकमै घिसारेर सडकमै अभद्र तरिकाले मागिन्छ जवाफ ।’













